Thu. May 2nd, 2024

आज मातातिर्थ औंसी अर्थात आमाको मुख हेर्ने दिन

आमा

काठमाडौं, २०७७ बैशाक ११ गते बिहीबार

जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गरी आशिर्वाद लिएर आज मातातिर्थ औंसी मनाइँदैछ।

आमाप्रति श्रद्धाभाव प्रकट गर्ने यो पर्व प्रत्येक वर्षको वैशाख कृष्ण औँसीका दिन मनाइन्छ । वैशाख कृष्णपक्ष औंशीलाई मातातीर्थ औंशी पर्वका रुपमा मनाइदै आएको छ ।

छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्रा लुगा लगाउन र मीठा खानेकुरा खान दिई आशिर्वाद थाप्ने चलन छ । आमा नभएकाहरुले भने आमालाई तपर्ण र पिण्ड तथा पुरोहितलाई सिदा दानसहित भोजन गराई दिवङगत आमाको सम्झ्ना गर्ने चलन रहेको छ । आजका दिन दिवङगत आमाको सम्झनामा काठमाण्डुको थानकोटनजिक मातातीर्थमा ठूलो मेला लाग्छ ।

जीवित अथवा दिवङ्गत दुवै आमाको तृप्तिका लागि आजको दिनलाई पुण्यतम पर्व मानिन्छ । जीवित आमालाई खान-लाउन दिएर सम्मान गरिन्छ भने दिवङ्गत आमाको सम्झनामा तर्पण, पिण्ड दान र श्राद्ध गरी सम्झना गरिन्छ । आजका दिन मातृश्राद्ध गरे अक्षय पुण्य प्राप्त भई आमाले तृप्ति पाउने शास्त्रमा उल्लेख छ ।

मातातिर्थ औसीको सबैलाई हार्दिक शुभकामना ।।

Facebook Comments