Fri. Apr 19th, 2024

मूल्य वृद्धिप्रति उपभोक्ता हित संरक्षण मन्चको आपत्ती

काठमाडौं, २०७७ बैशाक १० गते बुधबार

उपभोक्ता हित संरक्षण मन्च दमक नगर समिति झापाले लकडाउनको विषम परिस्थितीमा विचौलियाहरुबाट भएको मूल्य वृद्धिप्रति घोर आपत्ति जनाएको छ ।

मञ्चले बुधबार विज्ञप्ति जारी गर्दै विषम परिस्थितिमा ब्यवसायी र बिचौलियाहरुको कारणबाट भएका उच्च मूल्य बृद्धिलाई तत्काल रोक्न र बजार अनुगमन गरी दोषी ब्यवसायी र बिचौलियाहरुलाई कार्वाही गर्न स्थानीय सरकार समक्ष जोडदार माग गरेको छ ।

“Covid-19  बाट आक्रान्त बनेको यो पृथ्वी ग्रहमा हामी प्रभावित नहुने कुरा पनि भएन । यस अवस्थालाई सामना गर्न लगातार चार हप्ता भन्दा लामो ‘लक डाउन’ झेलिरहेका छौं । यस अवस्थामा आर्थिक गतिविधिहरु नराम्रोसंग प्रभावित भएका छन् । किसानहरुले आफ्नो उत्पादनको बजार नपाएर मर्कामा छन् भने अर्कोतिर बजारमा रहेका तरकारी, फलफूल, खाद्य सामग्रीहरु तथा Medical सामग्रीहरुको अप्राकृतिक तरिकाले अत्याधिक मूल्य बृद्धि भएको बारे उपभोक्ता हीत संरक्षण मञ्च घोर आपत्ती प्रकट गर्दछ ।” विज्ञप्तिमा भनिएको छ ।

मंचका अध्यक्ष डा. नवीन चापागाईं तथा सदस्य चैतन्य बराल हस्ताक्षरित विज्ञप्तिमा यस्तो विषम परिस्थितिमा ब्यावसायी र बिचौलियाहरुको कारणबाट भएका उच्च मूल्य बृद्धिलाई तत्काल रोक्न र बजार अनुगमन गरी दोषी ब्यावसायी र बिचौलियाहरुलाई कार्वाही गर्न स्थानीय सरकार समक्ष उपभोक्ता हीत संरक्षण मञ्च जोडदार माग गर्दछ भनिएको छ ।

मञ्चले दमक बजारका विभिन्न पसलहरुमा गरेको अनुगमको क्रममा लकडाउन अघि र हालकायम गरिएको चर्को मूल्य निम्न बमोजिम रहेको समेत जानकारी गराएको छ ।

सर्जिकल माक्स लकडाउन पहिले २.७० रुपैया हाल १० देखि २० रुपैया

N95 Masks लकडाउन पहिले ३५० रुपैया हाल ७००  देखि १२०० रुपैया

Thormal Gun लकडाउन पहिले ३५०० देखि ४२०० रुपैया हाल ११०००  देखि १५००० रुपैया

Globes लकडाउन पहिले ३.५०  रुपैया हाल ८ देखि १० रुपैया

मुसुरो दाल पहिले १०० रुपैया हाल १२० देखि १२५ रुपैया

रहरी दाल  पहिले १६० रुपैया हाल १७० रुपैया

तेल घैला लकडाउन पहिले प्रति लिटर १९० रुपैया हाल १९५ रुपैया

तेल सन फ्रलावर लकडाउन पहिले प्रति लिटर १६० हाल १७० रुपैया

हरियो केराउ प्रतिकेजी लकडाउन पहिले ९० रुपैया हाल १२५ रुपैया

आलु प्रतिकिलो लकडाउन पहिले ४० हाल ५० रुपैया

सुन्तोला प्रतिकिलो लकडाउन पहिले १५० हाल १७० रुपैया

स्याउ प्रतिकिलो लकडाउन पहिले १५० हाल २५० रुपैया

Facebook Comments