Thu. May 2nd, 2024

लकडाउन केही खुकुलो भए पनि तत्काल अन्त्य हुँदैन: मन्त्री भट्टराई

काठमाडौं, २०७७ बैशाक १० गते बुधबार

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले कोरोेना भाइरस नियन्त्रणका लागि गरिएको लकडाउन केही खुकुलो भए पनि तत्काल अन्त्य नहुने बताउनु भएको छ ।

ताप्लेजुङका सञ्चारकर्मीसँग बुधबार भिडियो कन्फ्रेन्समार्फत संवाद गर्दै मन्त्री भट्टराईले कोरोना नियन्त्रणका लागि भारत र चीनले पनि निरन्तर लकडाउन गरे मात्र नेपाललाई सहज हुने बतउनुभयो ।

यी दुई देशको सिमाना खुला भएकाले विशेषगरी भारतमा कोरोना नियन्त्रण तथा व्यवस्थापन नभइन्जेलसम्म तत्काल लकडाउन खुल्ने र सीमानाकामा आवतजावत सुरु हुने अवस्था नभएको मन्त्री भट्टराईले बतउनुभयो ।

कोरोनाले विश्वव्यापी प्रभाव जमाइरहेको र यसविरुद्धको मुख्य जित नै लकडाउनबाट प्राप्त हुने भएकाले यस कार्यमा देशका सबै नागरिकको साथ र सहयोग हुनुपर्ने र भइरहेको वहाँले जानकारी दिनुभयो ।

मन्त्री भट्टराईले नेपालमा कोरोनाबाट कसैको ज्यान गुमाउनु नपराेस भनेर सरकारको प्रयास र पहल जारी रहेको बतउनुभयो । चालू वर्षमा कम्तीमा १ लाखभन्दा बढीको ऱ्यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) किटमार्फत परीक्षण गर्ने तथा उपचारको दायरा बढाउने कार्यमा सरकारले प्रक्रिया चालिरहेको भट्टराईले बतउनुभयो । नयाँपत्रिका अनलाईनबाट

Facebook Comments