Thu. Nov 21st, 2024

लघुकथा: अमरबहादुर

- लकडाउनको व्यथा लघुकथामा

काठमाडौं, २०७७ बैशाक ८ गते सोमबार

-बालकृष्ण दाहाल

पहाडमा अमरबहादुरको एक हलको मेलो बारी थियो। उब्जनीबाट मुश्किलले तीन महिना मात्र पुग्थ्यो घर चलाउँन। नियतिले अमरबहादुरलाई दास बनायो। आखिर केही लागेन, श्रीमती, एक छोरा र छोरी चेपेर अमरबहादुर मधेस झरे।

मधेसको त्यो ठाउँमा पहाडको त्यति बेचेर के नै आउथ्यो र? मुश्किल-मुश्किलले नै व्यबहार धान्दै थिए अमरबहादुर। दिन बित्दै गयो, औलो ज्वोरो गाउँ छिरयो। काखकी छोरिलाइ क्वाप्पै पारयो ज्वोरोले, उता छोराको उपचारमा सबै जग्गा धितो राख्दा पनि पुगेन। सबै सिद्धियो। छोरो बिसेक भए पनि धिप धिप स्वास मात्र बाँकि थियो।

न घर जग्गा रह्यो, न छोरी। अमरबहादुरको जीवनमा चटयाङ परयो। उसलाई कत्ति बेर पनि त्यो ठाउँमा बस्न मन लागेन। आफ्नै थाँतथलो सम्झेर पहाड जाने निधो गरयो।

चालिसौ वर्ष पछिको पहाड पहिलाको जस्तो थिएन। बिजुली थियो, गाडी थियो, अरु अनेक अनेक। उसका दौँतरीहरु पनि कोहि थिएनन्। आखिर बनिबितो बाहेक उसको विकल्प अरु केही भएन।

अनयासै देशमा लकडाउन सुरु भयो। कोरोनाको महामारी फैलियो। मानिसहरु कोहि घरबाट निक्लन पाउदैन थिए। बल्लबल्ल चल्दै गरेको अमरबहादुरको जीवनमा फेरि बज्रपात परयो। गाउपालिकाले राहात बाँडन थालेपनि उसको परिवारसँग नागरिकता थिएन। राहात पाउँने कुरै भएन। यहि कहरले तीन जनाको सानो परिवारको एक पाखे कोठाको ढोका कहिले पनि उघ्रेन!

………., मुठ्ठी भरका अमरबहादुरहरु त बाच्लान, यस्ता अमरबहादुरहरु त मरिरहनेछन हाम्रो देशमा।

Facebook Comments