Mon. May 20th, 2024

राष्ट्रपति कार्यालयले खर्च कटौती गर्दै साढे ९ करोड फिर्ता गर्‍यो

काठमाडौं , २०७७ बैशाक ६ गते शनिबार

राष्ट्रपति कार्यालयले खर्च कटौती गरेर साढे ९ करोड रकम फिर्ता पठाएको छ । आफ्नो बजेटबाट साढे ९ करोड सरकारको संघीय संचित कोषमा जम्मा गरेको हो ।

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा जारी विज्ञप्ती अनुसार कोरोना भाइरस (कोभिड-१९) का कारण विशेष परिस्थिति उत्पन्न भएकाले कार्यालयको विभिन्न शीर्षक अन्तरगत विनियोजित बजेटबाट यो रकम संचित कोषमा जम्मा गरिएको जानकारी दिनुभएको छ । काठमाडौं एक्सप्रेसबाट

Facebook Comments