Thu. May 16th, 2024

लकडाउनको समयमा गम्भिर हुन राष्ट्रिय मानव अधिकार प्रतिष्ठानको अपिल

दमक, २०७७ बैशाक ६ गते शनिबार

राष्ट्रिय मानव अधिकार प्रतिष्ठान झापा जिल्ला शाखाले लकडाउनको समयमा गम्भिर हुन सम्बन्धित सबैपक्षलाई अपिल गरेको छ ।

प्रतिष्ठानले शनिवार एक विज्ञप्ति जारी गर्दै विश्वभरी महामारीको रुपमा फैलिरहेको कोरोना संक्रमणले लाखौ मानिसहरुले ज्यान गुमाईसकेको र यसले अनेकौ अकल्पनिय समस्याहरु उब्जाईरहेको विश्लेषण गरेको छ ।

“विदेशमा अहिले अलपत्र रहेका व्यक्तिहरु खुल्ला सिमाना रहेको झापा जिल्लामा लुकिछिपी भित्रने क्रम जारी रहेकोले त्यसमा कडाई गर्न आग्रह गरिएको छ” विज्ञप्तिमा भनिएको छ । त्यसैगरी निम्न वर्गका मानिसहरु शहरको महंगी थेग्न नसकेर लामो दूरी पैदल हिडि घर फर्कने गरेकोले त्यसलाई व्यवस्थापन गर्नुपर्ने आवश्यकता रहेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

साथै विज्ञप्तिमा लक्षित वर्गले राहत नपाएको भन्ने गुनासो पनि आइरहेकोे हुनाले सो को समेत व्यवस्थापन गर्दै सामाजिक दुरी कायम गर्ने विषयमा गम्भिर हुन संघीय, प्रदेश र स्थानीय सरकारसमक्ष राष्ट्रिय मानव अधिकार प्रतिष्ठान झापा सम्बन्धित सबै पक्षलाई अपिल गर्दछ भनिएको छ ।

कोरोना संक्रमण फैलिने क्रम जारी रहेको अवस्थामा घरमै बसी संक्रमणबाट बच्न आम नेपालीहरुमा प्रतिष्ठानले विज्ञप्ति मार्फत अनुरोध समेत गरेको छ ।

सो विज्ञप्तिमा प्रतिष्ठानका अध्यक्ष डा. नविन चापागाई, वरिष्ठ उपाध्यक्ष धनन्जय बास्कोटा र सचिव नविन योगीको हस्ताक्षर रहेको छ ।

Facebook Comments