Tue. Apr 30th, 2024

राससका उत्कृष्ट पत्रकार र कर्मचारी पुरस्कृत   

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा सोमबार राष्ट्रिय समाचार समिति ९रासस०को ६३ औँ वार्षिकोत्सव कार्यक्रममा उत्कृष्ट समाचारदातातर्फ रिपोर्टिङ शाखाका अशोक घिमिरेलाई पुरस्कार प्रदान गर्दै । तस्बिरः किरणराज विष्ट/रासस

काठमाण्डू, २०८० फागुन ७ गते सोमबार । राष्ट्रिय समाचार समिति (रासस)ले ६३ औँ वार्षिकोत्सवको अवसर पारेर आज उत्कृष्ट पत्रकार, कर्मचारीलाई पुरस्कृत गरेको छ । आज यहाँ आयोजित समारोहमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले पत्रकार र कर्मचारी गरी आठ जनालाई उक्त पुरस्कार प्रदान गर्नुभयो ।


सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा राष्ट्रिय समाचार समिति९रासस०को ६३ औँ वार्षिकोत्सवका अवसरमा केन्द्रीय कार्यालयमा सोमबार आयोजित कार्यक्रममा रुपनी जिएम (बाँके)लाई उत्कृष्ट जिल्ला समाचारदाता पुरस्कार प्रदान गर्दै। तस्बिरः किरणराज विष्ट/रासस

उत्कृष्ट सम्पादनतर्फ वरिष्ठ सम्पादक कृष्ण सापकोटा, उत्कृष्ट समाचार सङ्कलनतर्फ वरिष्ठ सहायक समाचारदाता अशोक घिमिरे र उत्कृष्ट कर्मचारीतर्फ उपव्यवस्थापक राजेशकुमार श्रेष्ठ पुरस्कृत हुनुभएको छ ।

उत्कृष्ट फोटो तथा श्रव्यदृश्यतर्फ सुरेश आचार्य (सुर्खेत), उत्कृष्ट आलेखतर्फ रामविकास चौधरी (रुपन्देही) तथा उत्कृष्ट जिल्ला समाचारदातातर्फ रुपनी जिएम (बाँके), मनोज दाहाल (मोरङ) र निरञ्जनकुमार साह (धनुषा)ले पुरस्कार प्राप्त गर्नुभयो । उक्त पुरस्कारको राशि जनही रु २० हजार रहेको छ ।

मन्त्री शर्माले राससको सेवाग्राहीमध्येबाट रेडियो नेपाल, रातोपाटी अनलाइन र प्रतीक दैनिक (बिरगन्ज) लाई सम्मान प्रदान गर्नुभयो । ती सञ्चारमाध्यमले राससको समाचार प्रकाशन तथा प्रसारण गर्ने क्रममा ‘क्रेडिट’ दिएका कारण सम्मान गरिएको रासस व्यवस्थापनले जनाएको छ । रासस

Facebook Comments