Mon. Apr 29th, 2024

मुना कृषि लिमिटेडको चौथो साधारण सभा सम्पन्न

रमेश हतुवाली/काठमाण्डू, २०८० माघ २८ गते आईतबार । मुना कृषि लिमिटेडको चौथो साधारण सभा सम्पन्न भएको छ । नेपाली रैथाने बालीहरुको उत्पादन, प्रवद्र्धन र बजारीकरण गर्दै विश्व बजारसम्म पुर्याउने लक्ष्यका साथ ४ वर्ष अघि स्थापनाभएको मुना कृषि लिमिटेडको चौथो साधारण सभा आज ललितपुरमा सम्पन्न भएको हो ।

पूर्वमन्त्री तथा व्यवसायी उमेश श्रेष्ठले एक समारोहबीच सो साधारण सभाको सुभारम्भ गर्नुहुँदै रैथाने बालीहरुको महत्व सारा विश्वमा बढिरहेको सन्दर्भमा रैथाने बाली बचाउनआवश्यक रहेको बताउनु भयो ।

रैथाने बालीका प्रवर्तक तथा रैथाने एग्री प्रोडक प्रा.लि.का अध्यक्ष तिलक ढकालले हाम्रो कृषि, हाम्रा रैथाने बाली, हाम्रा सीप र प्रविधि सकिए भने हामी कहाँ जाने भनि प्रश्न गर्नुभयो । रैथाने बालीहरुको बेवास्ताको कारण हाम्रा भान्छा र स्वाथ्य विग्रिएको ढकालको भनाई छ ।

समारोहमा बोल्नु हुँदै मुना कृषि लिमिडेटका संस्थापक अध्यक्ष युवराज गुरुङले मुना कृषि लिमिटेड स्थापनादेखि यो चौथो साधारण सभासम्म आईपुग्दा विभिन्न कठीनाईहरुको सामना गर्नुपरेको र अहिले परिस्थिीती सङ्लो भएको बताउनु भयो । अध्यक्ष गुरुङले नेपाली रैथाने बालीहरुको संरक्षण मार्फत कृषकहरुको हित र देशको अर्थतन्त्र उकास्न भविष्यमा धेरै कुराहरु गर्न सकिने जानकारी दिनुभयो ।

कार्यक्रममा राष्ट्रिय खाद्य बैंक लिमिटेडका अध्यक्ष शंकर उप्रेती, शेयर होल्डर प्रभात कोइराला, कृषि अर्थवीद् डाक्टर मणिरत्न आर्याल, कृषक विमला थापालगायतले रैथाने बालीहरुको महत्व, कृषिको वर्तमान अवस्था र भविष्यलगायतका विभिन्न विषयमा बोल्नु भएको थियो ।

Facebook Comments