Sat. Jul 6th, 2024

अमेरिकामा कोरोना संक्रमणको अवस्था भयावह, मृत्युहुनेहरुको संख्या १८ हजार ७ सय ४७ पुग्यो

काठमाडौं, २०७६ चैत २९ गते शनिबार

अमेरिकामा कोरोना भाइरस संक्रमणको कारण मृत्युहुनेहरुको संख्या १८ हजार ७ सय ४७ पुगेको छ । त्यहाँ वितेको २४ घण्टामा झण्डै २ हजार मानिसहरुको मृत्यु भएको छ ।

अमरिकामा हालसम्म ५ लाख २ हजार ८ सय ७६ जनामा कोरोना संक्रमण देखिएको छ भने २७ हजार ३ सय ४७ जना उपचारपछि निको भएकाछन् ।

विश्वभरीमा कोरोना भारइरसबाट १६ लाख ९९ हजार ६ सय ३१ जना संक्रमित भैसकेकाछन् भने १ लाख २ हजार ७ सय ३४ जनाको मत्यु भैसकेको छ । त्यसैगरी उपचारपछि निकोहुुनेहरुको संख्या ३ लाख ७६ हजार ३ सय २७ रहेको छ ।

Facebook Comments