Sat. Jul 6th, 2024

हतारमा लकडाउन हटाउनु घातक हुनसक्छ : विश्व स्वास्थ्य संगठन

काठमाडौं, २०७६ चैत २९ गते शनिबार

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको संक्रमण रोक्न विश्वभरी कायम राखिएको लकडाउन हतार हतारमा हटाए मृत्युहुनेहरुको संख्यामा तिब्र बृद्धि हुने चेतावनी दिएको छ ।

विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस अडैनम गिब्रियेसस ले चेतावनी दिँदै भन्नु भएको छ लकडाउन गरिएका विश्वका सबै देशहरुले लकडाउन हटाउने निर्णय गर्नु भन्दा पहिले सतर्क रहनु पर्ने बताउनु भएको छ । विविसीका अनुसार यूरोपमा फैलिएको कोरोना भाइरसको महामारीबाट इटाली र स्पेन सबैभन्दा धेरै प्रभावित भएकाछन् । यी दुवै देशमा लकडाउन केही खुकुलो मात्र पारिएको छ तर लकडाउन जारी छ । विश्वभरीमा कोरोना संक्रमितहरुको संख्या लगभग १७ लाख पुगेको छ भने एक लाख भन्दा धेरै मानिसहरुको ज्यान गएको छ ।

जेनेभामा आयोजित पत्रकार भेटघाटमा टेड्रोस अडैनम गिब्रियेसस ले भन्नुभयो हामी विश्वभरीका सरकारसँग हाल कायम रहेको लकडाउन कसरी छोट्याउन सकिन्छ भन्ने रणनीति अन्तर्गत काम गरिरहेका छौं । त्यसैले यसमा हतार गर्न हुन्न । यदी लकडाउन हटाउने निर्णय हतारमा गरियो भने हामीले ठूलो मानवीय क्षती व्यहोर्नु पर्छ ।

Facebook Comments