Tue. Dec 24th, 2024

‘संसद्मा केपी शर्मा ओली’ विमोचित   

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी समान पहुँच नेपाल र सभ्यता अन्वेषण कन्द्रले मङ्गलबार काठमाडौँमा आयोजना गरेको संसदमा केपि शर्मा ओली ग्रन्थको लोकार्पण गर्नुहुँदै । तस्बिर : किरणराज विष्ट/रासस

काठमाण्डू, २०८० माघ १६ गते मंगलबार ।  पूर्वराष्ट्रप्रति विद्यादेवी भण्डारी ‘संसद्मा केपी शर्मा ओली’ग्रन्थ लोकार्पपण भएको छ ।

समान पहुँच नेपाल र सभ्यता अन्वेषण केन्द्रको आयोजनामा आज भएको कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीले नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री ओली वर्तमान राजनीतिका सर्वाधिक लोकप्रिय र प्रतिभाशाली व्यक्तित्व भएकोले उहाँ सम्बोधनका शृङ्खलालाई लिपिबद्ध गरिनु महत्वपूर्ण भएको बताउनुभयो । यस कृतिले नेपाली राजनीतिको एक इतिहास र समृद्धिका लागि ओलीको योगदानको झझल्को मिल्ने उहाँले बताउनुभयो ।

प्रा. डा. ऋषिराम शर्मा, प्रा. डा. हेमनाथ पौडेलका सहयोगमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका अभिव्यक्तिमा रहेका व्यञ्जना विषयक विद्यावारिधिको शोधार्थी सानुमैया खड्का (सविता)ले उक्त कृति तयार गर्नुभएको हो ।

एमाले अध्यक्ष ओली, महासचिव शङ्कर पोखरेल, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकूलपतिहरु वैरागी काइला र गङ्गाप्रसाद उप्रेती, लेखक पुरुषोत्तम दाहाललगायतको सहभागितामा भएको कार्यक्रममा ओलीका जनता र देश केन्द्रित विचार र पहलको प्रशंसा गरिएको थियो । रासस

Facebook Comments