Sun. May 19th, 2024

कुहिरोका कारण भारतमा उडान तथा रेल सेवा प्रभावित

नयाँदिल्ली, २०८० माघ १६ गते मंगलबार । आज (मङ्गलबार) बिहान राजधानी र उत्तर भारतमा बाक्लो कुहिरोका कारण दृश्यता कम भएपछि दिल्ली जाने १९ वटा रेलहरू निर्धारित समयभन्दा पछि हिँडेको रेलवे अधिकारीहरूले जानकारी दिए ।

खराब मौसमका कारण जम्मु तवी–दिल्ली एक्सप्रेस, हावडा-दिल्ली डोरोन्थो, हावडा-दिल्ली राजधानी एक्सप्रेस, भुवनेश्वर-दिल्ली राजधानी एक्सप्रेस, डिब्रूगढ-दिल्ली राजधानी एक्सप्रेस र पुरी-दिल्ली एक्सप्रेस ढिला भएका थिए । रेवा-आनन्द विहार टर्मिनल, भागलपुर-आनन्दविहार एक्सप्रेस, बनारस-दिल्ली एक्सप्रेस, चेन्नई-दिल्ली एक्सप्रेस, हैदराबाद-दिल्ली एक्सप्रेस र रानीकमलापति-हजरत निजामुद्दीन एक्सप्रेस पनि प्रभावित भएका छन् । नयाँ दिल्ली रेलवे स्टेसनमा रेलहरू निर्धारित समयभन्दा ढिलो चल्दा यात्रुहरू समस्यामा परेका थिए ।

यसैबीच, मङ्गलबार बिहान राजधानीमा घना कुहिरोका कारण दिल्ली विमानस्थलमा उडान पनि अवरुद्ध भएको छ ।
विमानस्थलले मङ्गलबार सूचना जारी गर्दै मापदण्ड पूरा नगर्ने उडानहरूले अवतरण र टेक-अफको समयमा अवरोधको सामना गर्न सक्ने बताएको छ ।

यात्रुहरूलाई उडानको स्थितिसम्बन्धी अद्यावधिक जानकारीका लागि एयरलाइन्सलाई सम्पर्क गर्न पनि आग्रह गरिएको छ ।

सोमबार पनि, कुहिरो तथा अधिक चिसोले राजधानीमा रेल तथा हवाई उडानलाई असर गर्दा रेल र उडानहरू ढिलाइ भएका थिए ।

भारतीय मौसम विज्ञान विभाग (आइएमडी) ले मङ्गलबार राजधानीका थप्रै भागहरूमा कुहिरो लाग्ने पूर्वानुमान गरेको थियो । एएनआई

Facebook Comments