Mon. May 20th, 2024

सेफ्स एशोसिएसन अफ नेपालको अध्यक्षमा तामाङ   

काठमाण्डू, २०८० माघ १३ गते शनिबार । सेफ्स एशोसिएसन अफ नेपालको अध्यक्षमा रेशमकुमार लामा तामाङ निर्वाचित हुनुभएको छ । एशोसिएसनको २८औँ वार्षिक साधारणसभा तथा १०औँ निर्वाचनबाट तामाङको नेतृत्वमा आज १७ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।

कार्यसमितिको प्रथम उपाध्यक्षमा ठाकुरप्रसाद पौडेल, उपाध्यक्षमा बद्री खड्का, महासचिवमा पदमबहादुर आलेमगर, सचिवमा हेमराज पौडेल र कोषाध्यक्षमा सुनिल तामाङ निर्वाचित हुनुभएको प्रमुख निर्वाचन अधिकृत चोकबहादुर मगरले जानकारी दिनुभयो ।

यस्तै कार्यसमितिको सदस्यमा लक्ष्मण तामाङ, श्रीराज केसी, सुन्दर श्रेष्ठ, राजकुमार लामा, रामचन्द्र धरेल, सूर्यप्रसाद बस्याल, इन्द्रबहादुर अर्याल, उमेश भुवाई र रमेश श्रेष्ठ निर्वाचित हुनुभएको छ ।

नेपाल तथा विदेशका तारेहोटल तथा रेष्टुराँमा कार्यरत नेपाली सेफ्सहरूको हक, हित र अधिकारको रक्षाका लागि वि.सं. २०५३ मा स्थापना भएको एशोसिएसनमा हाल एक हजार पाँच सयभन्दा बढी सदस्य आवद्ध छन् । रासस

Facebook Comments