Wed. May 8th, 2024

चीनको विदेशी विनिमय सञ्चिति ३२ खर्ब ३८ अर्ब डलर

काठमाण्डू, २०८० पुस २३ गते सोमबार । चिनियाँ विदेशी विनिमय व्यवस्था विभागबाट प्रकाशित तथ्यांक अनुसार, सन् २०२३ डिसेम्बरको अन्तिमसम्म चीनको विदेशी विनिमय सञ्चिति ३२ खर्ब ३८ अर्ब डलर पुगेको छ। गत नोभेम्बरको तुलनामा सो रकम ६६ अर्ब २० करोड अमेरिकी डलर बढेको छ। जसको वृद्धि २.१ प्रतिशत भएको छ। साथै यो सन् २०२२को डिसेम्बरभन्दा १ खर्ब १० अर्ब ३० करोड डलर बढेर वृद्धि दर ३.५प्रतिशत भएको छ।

चाईना मिडिया गु्रपमा अनुसार, गत डिसेम्बरमा मुख्य अर्थन्त्र समूहको मुद्रा नीति र पूर्वानुमान आदि कारणले अमेरिकी डलर सूचकाङ्क घट्यो र विश्वव्यापी बैकिंङ पूँजीको माग बढेको थियो।

सन् २०१९ को अन्त्यदेखि महामारीको रुपमा विश्वभरी फैलिएको कारोना महामारीबाट नराम्ररी प्रभावित भएको चीनको अर्थतन्त्र चीन सरकारको दूरदर्शी आर्थिक नीतिका कारण छोटो अवधिमै लयमा फर्किएसँगै विदेशी मुद्धाको संचिती बढेको सम्बन्धित क्षेत्रका विज्ञहरुको भनाइ छ ।

Facebook Comments