Sat. May 4th, 2024

सन् २०२३ मा तिब्बत भ्रमण गर्ने पर्यटकको संख्या ५ करोड ५० लाख

काठमाण्डू, २०८० पुस २३ गते सोमबार । सन् २०२३ मा चीनको स्वाशासित क्षेत्र तिब्बत भ्रमण गर्ने पर्यटकहरुको संख्याले नयाँ रेकर्ड कायम गरेको छ ।

चाईना मिडिया ग्रुपले दिएको जानकारी अनुसार गत वर्ष तिब्बत भ्रमण गर्ने पर्यटकहरुको संख्या पटक पटक गरी ५ करोड ५० लाख पुगेको छ भने सो भ्रमणबाट ६५ अर्ब चिनियाँ युआन आम्दानी भएको छ । यो पर्यटकको संख्या र पर्यटकीय आम्दानी ऐतिहासिक रेकर्डको सिर्जना हो । जनवरी ७ तारिखका दिन चीनको तिब्बत स्वायत्त प्रदेशीय बाह्रौं जन काँग्रेसको दोस्रो बैठकमा पर्यटनको बृद्धि भएको विषयमा विस्तृत   जानकारी गराईएको थियो ।

सन् २००६ मा छिन्हाई तिब्बत रेलमार्गले व्यवसायीक सेवा प्रदान गरे सुरु गरेपछि तिब्बतको पर्यटन क्षेत्रको विकास दु्रत गतिमा अघि बढेको हो । तिब्बतको ल्हासा, मानसरोवर लगायतका क्षेत्र विश्वकै महत्वपूर्ण पर्यटकीय क्षेत्रहरुमा पर्दछन् । त्यतिमात्र नभएर चीनको आन्तरिक पर्यटन समेत वलियो र चलायमान भएकोले चीनका अधिकांश क्षेत्र वर्षैभरी नै पर्यटकहरुद्वारा भरिभराउ हुने गरेका छन् ।

Facebook Comments