Fri. May 17th, 2024

चीनका राष्ट्राध्यक्ष सी चिनफिङ तथा भियतनामी प्रधानमन्त्रीबीच भेटवार्ता

काठमाण्डू, २०८० मंसिर २९ गते शुक्रबार । चीनका राष्ट्राध्यक्ष सी चिनफिङले हनोइमा भियतनामका प्रधानमन्त्री फाम मिन्ह छोइन्हसँग भेटवार्ता गर्नुभएको छ।

डिसेम्बर १३ तारिखका दिन भएको सो भेटका अवसरमा राष्ट्राध्यक्ष सीले भियतनामी कम्युनिष्ट पार्टीको दृढ नेतृत्वमा भियतनाम सरकारले भियतनामी जनताको नेतृत्व गर्दै देशको निर्माण कार्यमा अझ नयाँ उपलब्धि प्राप्त गर्नसक्ने विश्वास व्यक्त गर्नुभयो।

आगामी दिनहरूमा दुई देशबीचको राम्रो सम्बन्धले दुवै देशका जनताका लागि अझ बढी हित कल्याण सिर्जना गर्नुका साथै क्षेत्रीय र विश्व शान्ति तथा स्थिरता र विकासका लागि सकारात्मक योगदान गर्दैजाने विश्वास पनि राष्ट्राध्यक्ष सीले व्यक्त गर्नुभएको छ। सीएमजी

Facebook Comments