Thu. May 2nd, 2024

शेयर बजारमा ३६ अंकको वृद्धि

ID:16774559

काठमाण्डू, २०८० मंसिर २६ गते मंगलबार । आइतवार सर्किट ब्रेक लगाउनु पर्ने गरी बढेकाे शेयर बजार सोमबारको सामान्य करेक्सनपछि पुनः सकारात्मक लयमा अघि बढेकाे छ । शेयर बजार मापक नेप्से सूचकमा आज उल्लेख्य बृद्धि भएको छ।

आज नेप्से सूचक ३६.८६ अंकले बढेर १९८५.४४ विन्दुमा पुगेको छ भने कारोबार कम पनि ४ अर्ब माथि नै छ । आज ४ अर्ब ३० करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । मौद्रिक नीतिको समीक्षापछि आइतबार सकारात्मक सर्किट लागेर बन्द भएको बजारमा सोमबार सामान्य करेक्सन देखिएको थियो । मंगलबारदेखि भने बजार पुनः बढ्न थालेको छ।

आज कारोबारमा आएका सबै उपसमूहको सूचक सकारात्मक देखिएको छ । जसमा होटल उपसमूहको सूचक सबैभन्दा धेरै ४.३३ प्रतिशतले बढेको छ भने फाइनान्स, हाइड्रोपावर र जीवन बीमा उपसमूहको सूचक पनि ३ प्रतिशतभन्दा धेरैले बढेको छ । आज ४ वटा कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने ७ कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ । बोटलर्स नेपाल, धौलागिरी लघुवित्त, नेपाल रिपब्लिक मिडिया र सोनापुर सिमेन्टको शेयरमूल्य सबैभन्दा धेरै बढेको छ।

अधिकांश कम्पनीको शेयर मूल्य बढ्दा २४ कम्पनीको शेयर मूल्यमा भने गिरावट देखिएको छ । सबैभन्दा धेरै सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य पाँच दशमलव ११ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको रू १८ करोड सात लाख ११ हजार चार सय ८८ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडका चार लाख २९ हजार आठ सय २७ कित्ता शेयर किनबेच भएको छ ।

Facebook Comments