Mon. Dec 23rd, 2024

एडिबीद्वारा जलवायु परिवर्तन व्यवस्थापनका लागि लाओसलाई ३ करोड २० लाख डलर ऋण

मनिला, २०८० मंसिर २६ गते मंगलबार । एसियाली विकास बैंक एडिबीले जलवायु परिवर्तनबाट सृजित समस्यासँग जुँध्न लाओसलाई ३ करोड २० लाख ऋण स्वीकृत गरेको छ ।

देशका विभिन्न प्रान्तका कृषक समुदायको जीविकोपार्जनमा सुधार ल्याउँनका लागि मङ्गलबार तीन करोड २० लाख अमेरिकी डलर ऋिण स्वीकृत गरेको छ ।

एडिबीको बाढी तथा खडेरी न्यूनीकरण र व्यवस्थापन क्षेत्र परियोजनाले लाओसलाई बाढी र खडेरीबाट हुने क्षतिलाई कम गर्न आहार विविधता क्षेत्रमा सहयोग गर्ने बताएको छ ।

एडिबीका अनसुार परियोजनाले उच्च मूल्यका तथा बजारमुखी बालीहरू विस्तार गरेर आर्थिक विविधीकरणलाई प्रवर्धन गर्न र अतिरिक्त कृषि जनशक्तिलाई रोजगारी उन्मुख बनाउने लगायतका कार्य गर्ने छ । साथै व्यापार वृद्धि गर्दै कृषि निर्यात विस्तारको माध्यामबाट विदेशी मुद्रा तथा कर राजस्व आर्जन गर्ने लक्ष्य पनि लाओसले अगाडि बढाएको छ ।

खडेरी, बाढी तथा मौसमी जोखिमको हिसाबले लाओस उच्च जोखिममा रहेको एडीबीले जनाएको छ । पछिल्ले समय मौसमी जोखिमका कारण लाओसको कुल ग्रार्हस्थ उत्पादनमा करिब दुई प्रतिशत कमी आएको अनुमान गरिएको छ । अत्यधिक गर्मीका कारण बाली उत्पादन घट्दै गहिरहेको समयमा सिञ्चाइको उच्च आवश्यकता रहेको तथा माटोको स्वस्थ्यमा पनि कमी आएका कारण सुख्खा मौसमी धानको उत्पादन भने स्वात्तै बढ्दै गएको छ ।

त्यहाँस्थित १०४ वटा सौर्य ऊर्जाबाट चल्ने बोरहोल बढ्दो तापक्रमसँग अनुकूलन बनाउन अपर्याप्त छ । सिन्ह्वा

Facebook Comments