Sat. Apr 27th, 2024

शेयर बजार घट्ने क्रम जारी

काठमाण्डू, २०८० मंसिर १८ गते सोमबार । केही दिनदेखि लगातार घटिरहेको शेयर बजार आज पनि सामान्य अंक घटेरै बन्द भएको छ । साताको दोस्रो कारोबार दिन आज शेयर बजार मापक नेप्से परिसूचक ३.४२ अंक घटेर १८४७.८१ विन्दुमा झरेको छ । नेप्से घटे पनि आज कारोबार रकम भने हिजोको तुलनामा बढेको छ । हिजो १ अर्बभन्दा कमको कारोबार भएकोमा आज १ अर्ब १९ करोड ७२ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।

आज समाज लघुवित्तको शेयरमूल्य सर्वाधिक ८.०६ प्रतिशतले बढेको छ । त्यसैगरी एनएमबि बैंकको ऋणपत्र र तेह्रथुम पावरको शेयरको मूल्य करिब ६ प्रतिशत बढेको छ । आज दुई वटा स्टकको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । एनआरएन इन्फ्रास्ट्रक्चर र माउन्टेन इनर्जीको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।
कारोबार रकमका आधारमा आज सोनापुर मिनरल्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको आज ७ करोड ४६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यसैगरी, हिमालयन डिष्टिलरीको ७ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।

१३ उपसमूहमध्ये आज ५ वटा उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ । यस दिन जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ०।९७ प्रतिशत बढेको छ । त्यस्तै, आज विकास बैंक, वित्त, म्युचुअल फण्ड र निर्जीवन बीमा उपसमूहको परिसूचक बढेको छ ।

Facebook Comments