Fri. Dec 27th, 2024

अफगानिस्तानका विषयमा संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद् बैठक बस्दै

काबुल, २०८० मंसिर १८ गते सोमबार । अफगानिस्तानका विषयमा संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को बैठक बस्दै छ । टोलो न्युजले उल्लेख गरे अनुसार यही डिसेम्बरमा अफगानिस्तानका विषयमा परिषद्ले त्रैमासिक खुला बैठक बोलाएको छ ।

संयुक्त राष्ट्रसंघको विज्ञप्तिमा जनाइए अनुसार संयुक्त राष्ट्रसंघका महासचिवका विशेष प्रतिनिधि तथा अफगानिस्तानस्थित संयुक्त राष्ट्रसंघीय सहयोग नियोग (युनामा) की प्रमुख रोजा ओतुनबायेभा, राजदूत जोसे डे ला गास्का (इक्वेडर) लगायतले सो विषयमा ब्रिफिङ गर्नु हुने बताइएको छ । त्यसैगरी समितिका अध्यक्ष र नागरिक समाजका प्रतिनिधिले पनि संक्षिप्त जानकारी गराउँने अपेक्षा गरिएको छ ।

अफगानिस्तानको राष्ट्रिय ऐक्यबद्धता आन्दोलनका प्रमुख सैयद इशाक गैलानीले “उनीहरूले भविष्यमा अफगानिस्तानलाई फाइदा पुर्यातउन आधारभूत कदम चाल्नुपर्ने धारणा सार्वजनिक गर्दै तालिबानलाई सधैभरि खाद्यान्नमा परनिर्भर बनाउँने गरी कार्यक्रम ल्याउँन नहुने” बताउँनु भएको छ । राजनीतिक विश्लेषक सैयद मुकदम अमीनले भन्नु भएको छ- “अफगानिस्तानमा मौलिक स्थायित्व, मान्यता र स्थिति निर्दिष्ट गर्ने विशेष संयन्त्र ल्याएमा बैठक लाभदायक हुन सक्छ।”

यता तालिबानले आफ्ना प्रतिनिधिहरूको उपस्थितिविनाको बैठक अर्थहीन हुने बताएपछि यस्तो चर्चा बाहिर आएको हो। तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले अन्तरराष्ट्रिय समुदायले यसमा राजनीतिक दबाब दिने प्रयास गरिरहेको पनि बताउँनु भएको छ ।

उहाँले भन्नु भएको छ- “दुर्भाग्यवश, विश्वले सबै मानवीय, जलवायु परिवर्तन र आर्थिक मुद्दाहरूलाई राजनीतिकरण गरेको छ र उनीहरू सबै मुद्दाहरूलाई राजनीतिक औजारको रूपमा प्रयोग गर्न चाहन्छन्, जुन सही होइन ।”

टोलोन्युजको विवरण अनुसार संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले अफगानिस्तानलाई अन्तरराष्ट्रिय समुदायमा पुन: एकीकरण र अन्तरघुलनका लागि नयाँ लागि मार्गचित्रको विकास गर्नुपर्ने धारणा सार्वजिनक गर्नु भएको छ ।

टोलो समाचार काबुलबाट प्रसारण हुने अफगान समाचार च्यानल हो । एएनआई

Facebook Comments