२०८३ भाद्र ९, मंगलवार

निजामुदिन तबलिगी जमातमा उपस्थित चारसयलाई कोरोना भाइरस

       

काठमाडौं, २०७६ चैत २० गते बिहीबार

एकमहिनाअघि भारतको राजधानी दिल्लीस्थित निजामुदिन तबलिगी जमातमा भाग लिएका अधिकांशमा कोरोना भाइरसको संक्रमण देखापरेको छ ।

जमातमा भाग लिएका करिब चारसयजनालाई कोरोना भाइरस देखिएको छ भने करिब नौहजारलाई भारत सरकारले क्वारेन्टाइनमा राखेर परीक्षण गरिरहेको छ । कोरोना भाइरसको मुख्य केन्द्रको रुपमा परिचित भारतको तमिलनाडुमा फेला परेको ७५ कोरोना भाइरसका विरामी मध्ये ७४ जना जमातमा भाग लिएर फर्केका थिए ।

बुधबार मात्रै अहिलेसम्मकै बढी एकैदिन भारतमा ३०० जना संक्रमित भएको तथ्यांक बाहिर आएको छ । सो भाइरसका कारण अहिलेसम्म दुईहजार संक्रमित र ५० जनाको मृत्यु भइसकेको छ । यसैबीच, विहार राज्यमा तीनजना नयाँ संक्रमित फेला परेका छन् ।

गोपालगन्जका दुई र सिवानका एकजनालाई संक्रमण देखिएको छ भने तीनजना विदेशबाट भारत फर्केका थिए । एजेन्सी

Facebook Comments