२०८३ भाद्र २४, बुधवार

जाजरकोट केन्द्रविन्दू बनाएर ६.४ म्याग्निच्युडको भूकम्प 

जापानको केन्द्रीय प्रान्त इशिकावाको नोटो क्षेत्रमा सोमबार बिहान ६.० म्याग्निच्युडको भूकम्पको धक्का महशुस

       

रमेश हतुवाली काठमाण्डू, २०८० कात्तिक १८ गते शनिबार । जाजरकोटलाई केन्द्रविन्दू बनाएर शुक्रबार राति ६.४ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर सो भूकम्प गएको पुष्टि भएको हो ।

‘जाजरकोटको रामेडाँडा आसपास केन्द्रबिन्दु भएर गएको सो भूकम्पको धक्का काठमाण्डू उपत्यका, जनकपुर, सिन्धुली, पोखरा, बुटवल, नेपालगञ्ज, गोरखा लगायतका जिल्लामा महशुस गरिएको थियो । भूकम्प गएको केही समयपछि नै सामाजिक सञ्जाल फेसबुक प्रयोगकर्ताहरुले भूकम्प कहाँ गयो र कति क्षमताको गयो भनि जिज्ञासा राखेका थिए ।

भूकम्पबाट परेको प्रभाव र क्षतिको विवरण आउन बाँकी रहेको छ ।

Facebook Comments