Wed. Jul 3rd, 2024

चीनको बदनाम नगर्न अमेरिकी अधिकारीलाई चेतावनी

काठमाडौं, २०७६ चैत १८ गते मंगलबार

अमेरिकी ह्वाइट हाउस राष्ट्रिय व्यापार तथा उत्पादन नीति कार्यालयका प्रमुख पिटर नाभारोले एउटा अन्तर्वार्तामा डिसेम्बरको मध्यतिर चीनमा कोरोना भाइरस निमोनिया मानवदेखि मानवमा सर्ने महामारी देखारेकोमा चीनले महामारीलाई ६ हप्तासम्म लुकाएको आरोप लगाउनुभएको छ।

आज पैचिङमा आयोजित पत्रकार सम्मेलनमा चीनका परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुङ यिङले चीनले जनवरीको शुरूदेखि विश्व स्वास्थ्य संगठन र संयुक्त राज्य अमेरिका लगायत विभिन्न देशहरूमा महामारीको अवस्थाबारे नियमित रूपमा जानकारी दिइरहेको बताउनुभयो। प्रवक्ता ह्वाले नाभारोको व्यवहार महामारी प्रतिरोधमा चीन-अमेरिका सहयोग तथा विश्व सहयोग कमजोर बनाउने खालको भएको टिप्पणी गर्नुभयो।

प्रवक्ता ह्वाले नयाँ कोरोना भाइरसको महामारी शुरू भएदेखि चीनले सक्रियतासाथ अन्तर्राष्ट्रिय सहयोग र धेरै देशलाई मद्दत पुर्‍याएको बताउनुभयो। सीआरआई नेपाली सेवाबाट

Facebook Comments