Sun. May 19th, 2024

भाइरस परीक्षणमा भएको व्यापक ढिलासुस्ती नै महामारी नियन्त्रणमा अमेरिकाको असफलताको वास्तविक कारण

काठमाडौं, २०७६ चैत १८ गते मंगलबार

हालसम्म अमेरिकामा नयाँ कोरोना भाइरस निमोनिया निश्चित भएका बिरामीको संख्या विश्वमै सबैभन्दा बढी पुगेको छ।

हालै न्यूयोर्क टाइम्सूमा यस सम्बन्धि एउटा प्रतिवेदन सार्वजनिक भएको छ। प्रतिवेदनमा अमेरिकी सरकारी संस्थाहरुले महामारीको स्थितिलाई गलत मूल्यांकन गरेको कुरा उल्लेख गरिएको छ । साथै उनीहरूको कामकारवाहीमा ढिलापन देखिएको छ, जसका कारण देशैभरि महामारी फैलिएको छ।

न्यूयोर्क टाइम्सले थुप्रै घरेलु चिकित्सक तथा विशेषज्ञहरू र पूर्व सरकारी अधिकारीहरूको विचार उद्धरण गर्दै यस पटकको महामारीमा ट्रम्प सरकारको असफल आदेशको आलोचना गरेका छन्।

भाइरस परीक्षणमा भएको व्यापक ढिलासुस्तीका कारण अमेरिकी सरकारको महामारी नियन्त्रणमा देखिएको असफलताको वास्तविक कारण भएको प्रतिवेदनमा उल्लेख गरिएको छ। सीआरआई नेपाली सेवाबाट

Facebook Comments