आजका मनैछुने तस्विरहरु (फोटो फिचर) - फोटो फिचर October 25, 2023 भिओके गुल्मीको मालिका गाउँपालिका-७ घमिरमा चर्खे पिङमा रमाउँदै स्थानीय । तस्बिर : सन्तोष महतारा / रासस काठमाण्डू, २०८० कात्तिक ८ गते बुधबार । ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिकस्थल पाथीभराको दर्शन गर्दै भक्तजन । दशैँको समयमा पाथीभरामा पूजापाठ गर्ने समय राम्रो हुनुएकाले यस समयमा भक्तजनहरुको सङ्ख्या बढ्ने गर्दछ । तस्बिर : दिलकुमार लिम्बू, रासस मध्यपुर थिमि लायकू दरबारबाट हरेक वर्ष पापांकुशा एकादशी दिन निकालिने खाँ पिहा वईगु जात्रासँगै बालकुमारी र तलेजु भवानीको जात्रा गरिँदै । तस्बिर : रत्न श्रेष्ठ, रासस सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका-१ स्थित भोटेचौर बजार र आसपासमा स्थानीय किसानले गरेको आलुखेती । तस्बिर : हरिराम भेटुवाल, रासस सर्लाहीको सदरमुकाम मलङ्गवामा दसैँमा दुर्गा पूजाको लागि बनाएको मुर्ति बुधबार विर्सजनका लागि लगिँदै । तस्बिरः विश्वनाथ ठाकुर, रासस महाेत्तरी जिल्लाकाे सदरमुकाम जलेश्वरमा-२ मा अवस्थित बरूण सराेवरमा बुधबार दुर्गा माताको मुर्ति सेलाइँदै । तस्बिरः सञ्जीतकुमार मण्डल, रासस शुक्लाफाँटा नगरपालिका-३ पिपलाडीका थारु महिला दशैँका अवसरमा देखाइने विशेष नृत्य सखिया देखाउँदै । यो नृत्य गाउँका सबैका घरघरमा पुगेर देखाउने गरिन्छ । तान्त्रिक विधिबाट नृत्यको प्रारम्भ र अन्त्य गरिन्छ । तस्बिर : राजेन्द्रप्रसाद पनेरु, रासस शुक्लाफाँटा नगरपालिका-३ पिपलाडीका थारु महिला दशैँका अवसरमा देखाइने विशेष नृत्य सखिया देखाउँदै । यो नृत्य गाउँका सबैका घरघरमा पुगेर देखाउने गरिन्छ । तान्त्रिक विधिबाट नृत्यको प्रारम्भ र अन्त्य गरिन्छ । तस्बिर : राजेन्द्रप्रसाद पनेरु, रासस दुर्गा मुर्ति विर्सजनका क्रममा नेपालगन्जमा लाठी क्लबद्वारा बुधबार आयोजित लाठी खेल प्रदर्शन कार्यक्रममा लाठी प्रदर्शन गर्दै युवाहरु । तस्बिरः राकेशकुमार मिश्र, रासस म्याग्दीको धवलागिरी गाउँपालिका-७ मच्छिमका छन्त्याल समुदाय ताकमकोतमा वडादशैँको अवसरमा पुुख्यौली नाच प्रदर्शन गर्दै । छन्त्याल समुदायले चाडपर्व, बिवाह, छेवार, किरीयामा मौलिक पुुख्यौली नाच प्रदर्शन गर्ने गर्दछन् । तस्बिर सन्तोष गौतम, रासस मध्यपुर थिमि ‘लायकू’ दरबारबाट हरेक वर्ष पापांकुशा एकादशी दिन निकालिने खाँ पिहा वईगु जात्रामा सहभागी गुठियार । यसलाई पायो जात्रा पनि भन्ने गरिन्छ । दरबारमा विधिवत् रूपमा पूजा गरिएको भूईफसी (कुभिण्डो) लाई दरबारबाट निकालेर ईनायलाछी, दुईपोखरी, दिगु भैरव परिक्रमा गराई बालकुमारी मन्दिर परिसरमा काट्ने जात्रालाई नै स्थानीय भाषामा खाँ पिहा वईगु जात्रा भनिन्छ । तस्बिर: रत्न श्रेष्ठ, रासस Facebook Comments Continue Reading Previous बडादशैँका अवसरमा नेपाली सेनाद्धारा जेष्ठ नागरिकलाई भोजन Next रसुवागढी भन्सारको भवन निर्माण अन्तिम चरणमा सम्बन्धित समाचार 1 min read कृष्णसारको आहाराका लागि संरक्षण क्षेत्रभित्रै मौसमीखेती December 28, 2024 भिओके 1 min read स्थानीय स्रोत र साधनमा आधारित उद्यमशीलतामा जोड दिन आवश्यक December 28, 2024 भिओके 1 min read दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युनको पक्ष र विपक्षमा देशव्यापी विरोध प्रदर्शन December 28, 2024 भिओके