Sat. May 18th, 2024

प्रहरी जवानद्वारा गोली हानी आत्महत्या

इनरुवा, २०८० कात्तिक ८ गते बुधबार । सुनसरीको कोशी गाउँपालिका-४ कोशी कटानमा गएराति एक प्रहरी जवानले गोली हानेर आत्महत्या गरेका छन् । मृत्यु हुनेमा सप्तरी रुपनी नगरपालिका-२ घर भई कोशी गाउँपालिका-४ कोशी कटानमा कार्यरत प्रहरी जवान अमितेश मण्डल रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

रातिको समयमा सुत्ने कोठामा कोही नभएको मौकामा पेस्तोलले टाउकोमा गोली हानेर आत्महत्या गरेको प्रहरीले जनाएको हो । घरायसी तनावका कारणले प्रहरी जवान मण्डलले गोली हानेर आत्महत्या गरेको जनाइएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ । शव परीक्षणका लागि जिल्ला अस्पताल इनरुवा सुनसरीमा राखिएको सुनसरी प्रहरीले जनाएको छ । रासस

Facebook Comments