Sun. May 5th, 2024

स्कुटर दुर्घटनामा एकको मृत्यु, एक घाइते

सोमबार राति भारतको उत्तराखण्डस्थित नैनीताल जिल्लाको बेतालघाटमा सडक दुर्घटनामा परी मृत्यु भएका सात जना नेपालीको शव आज नेपाल ल्याइँदै ।         

मकवानपुर, २०८० कात्तिक ९ गते बिहीबार । काठमाण्डू-कुलेखानी-हेटौँडा सडकखण्डअन्तर्गत मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका वडा नं ६ जुरीखेतमा काठमाडौंबाट हेटौँडा आउँदै गरेको ०२-०२७-प ४८४२ नं को स्कुटर बुधबार दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको र एक पुरुष घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार स्कुटर चालक काठमाडौं महानगरपालिका-२७ बस्ने वर्ष ६५ का शशीराज पाण्डे घाइते भएका र उहाँको उपचार हेटौँडा अस्पतालमा भइरहेको छ उहाँकी पत्नी ६२ वर्षीया राज्यश्री थापा क्षेत्रीको हेटौँडा अस्पतालमा उपचारका क्रममा साँझ करिब ७ः३० बजे मृत्यु भएको थियो ।

उहाँका अनुसार काठमाण्डूबाट हेटौँडा आउने क्रममा जुरिखेतको ओरालोमा स्कुटर अनियन्त्रित भई सडकबाट करिब एक सय मिटर तल खसेको थियोे । रासस

Facebook Comments