Sat. May 11th, 2024

दसैँ घरमा फूलपाती भित्र्याइँदै, फोटो फिचर

- बडादशैंँ, २०८०

बडादसैँ अन्तर्गत नवरात्रको सातौँ दिन शनिबार गोरखा दरबारको दसैँ घरमा फूलपाती भित्र्याउन बाँजागाजा सहित फूलपाती लिन जाँदै सहभागीहरु। तस्बिर : दीपक श्रेष्ठ/रासस

काठमाण्डू, २०८० कात्तिक ४ गते शनिबार ।

बडादशैंँ अन्तर्गत नवरात्रको सातौँ दिन शनिबार गोरखा दरबारको दशैंँ घरमा फूलपाती भित्र्याइँदै । तस्बिर : दीपक श्रेष्ठ/रासस
बडादशैंँ अन्तर्गत नवरात्रको सातौँ दिन शनिबार गोरखा दरबारको दशैंँ घरमा फूलपाती भित्र्याइँदै । तस्बिर : दीपक श्रेष्ठ/रासस
सप्तरीको राजविराजमा भगवती मन्दिरबाट फूलपाती भित्र्याउँदै नेपाली सेना । तस्बिर :अरूणकुमार यादव, रासस
बडादशैंँको सप्तमिको दिन घोराही-१८ आम्बिकेश्वरी मन्दिरबाट फूलपाती भित्र्याउँदै राण सिंह दल गण घोराही ब्यारेकका नेपाली । तस्बिर : कुलदीप न्यौपाने, रासस
काठमाडौँको तारकेश्वर नगरपालिका वडा नं ४ स्थित पुरानो गुहेश्वरी मन्दिरबाट फूलपातीको डोलीसहित शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज नागार्जुन दरबारतर्फ प्रस्थान गर्दै नेपाली सेना कालीध्वज गणको टोली ।
बडादशैंँको सातौँ दिन शनिबार तनहुँको व्यास नगरपालिका–४ स्थित कालिका मन्दिरमा फूलपाती भित्र्याउन डोली लिएर जाँदै नेपाली सेनाको टोली । तस्बिरः कृष्ण न्यौपाने, रासस
दाङको घोराही उपमहानगरपालिका –१८ रहेको अम्बिकेश्वरी मन्दिरबाट दशैंँको फूलपाती भित्र्याउँदै नेपाली सेना । तस्बिर :रञ्जिता अधिकारी, रासस
बडादशैंँको सातौँ दिन शनिबार बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२ स्थित वागेश्वरी मन्दिरमा फूलपाती भित्र्याउन डोली लिएर जाँदै श्री बज्र दल गणका नेपाली सेनाको टोली । तस्बिर: रुपनी जिएम, रासस
दशैंँको सातौँ दिन जनकपुरधाममा रहेकोे राजा जनकको कुलदेवीको रुपमा मानिने राजदेवी मन्दिरमा शनिबार फूलपाती भित्र्याइँदै। तस्बिरः निरञ्जनकुमार साह / रासस
सुनसरीको इनरुवा–९ स्थित भगवती मन्दिरमा बडादशैंँको सप्तमी दिन शनिबार फूलपाती भित्र्याइँदै । तस्बिर : नवीन गड्तौला, रासस
राष्ट्रपति रामचन्द्र पौडेल बडादशैंँको सातौँ दिन शनिबार टुँडिखेलमा नेपाली सेनाद्वारा आयोजित फूलपातीको बढाइँ कार्यक्रमका अवसरमा नेपाली सेनाको एक टुकडीले दिएको सलामी ग्रहण गर्नुहुँदै । तस्बिर: प्रदीपराज
Facebook Comments