Sat. May 11th, 2024

बडादशैंको छैठौं दिन आज कात्यायनी भगवतीको पूजा आराधना गरिँदै

- बडादशैँको छैटौँ दिन

काठमाण्डू, २०८० कात्तिक ३ गते शुक्रबार । आश्विन शुक्ल दशमी अर्थात् नेपालीहरुको महान् चाड बडादशैंको छैठौं दिन आज शक्तिपीठ, देवीमन्दिर तथा घर घरका पूजाकोठाहरुमा माता कात्यायनी भगवतीको पूजा आराधना गरिँदै छ ।

नवदुर्गाको छैटौं दिन शक्तिस्वरुपा देवी कात्यायनीको पूजा गरिन्छ । कात्यायनी देवीलाई साहसको प्रतीक मानिन्छ । कात्यायनी देवीको उपासना र आराधना गर्नाले साहस प्राप्त हुने संकट नाश हुने शास्त्रीय कथन रहेको छ ।

आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्मको १५ दिनलाई दुर्गा पक्ष पनि भनिन्छ । पुराण अनुसार कात्यायनको ऋषिको कठोर तपस्याबाट प्रसन्न भएकी भगवतीले उनलाई पुत्रीको रूपमा जन्म लिने वचन दिएकी थिइन् । महिषासुर नामक दैत्यको विनाशका लागि ब्रह्मा, विष्णु र महेश्वरको अंशबाट देवी उत्पन्न भइन्।

नवरात्रमा महाकाली, महालक्ष्मी र महासरस्वतीको पनि पूजा आराधना गरिन्छ। यस्तो उपासना घटस्थापना गरी जमरा राखिएका दशैँघर तथा शक्तिपीठहरूमा चल्ने गर्दछ। यो समयमा देवीभागवत महापुराण तथा दुर्गा सप्तशती चण्डी पाठ गरिन्छ।

Facebook Comments