Thu. May 16th, 2024

शेयर बजारमा उच्च गिरावट

काठमाण्डू, २०८० असोज १४ गते आईतबार । साताको पहिलो कारोबार दिन आज शेयर बजारमा उच्च गिरावट आएको छ । आज शेयर बजार मापक नेप्से परिसूचक ३३.२० अंक घटेर १९७१.१० विन्दुमा पुगेको छ । आज १ अर्ब ८३ करोड ४ लाख ८६ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

आज ६ स्टकको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सनराइज फस्ट म्युचुअल फण्ड, अप्पर हेवाखोला हाइड्रोपावर, एशियन हाइड्रोपावर, मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर, सिटिजन लाइफ इन्स्योरेन्स र मेन्छियाम हाइड्रोपावरको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यसैगरी, स्वाभिमान लघुवित्त, अप्पर सोलु हाइड्रो, अप्पर लोहोरे खोला हाइड्रोपावर र मन्दाकिनी हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले घटेको छ ।

आज १३ वटै उपसमूहको परिसूचक घटेको छ । जसमध्ये जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक ३.३२ प्रतिशत घटेको छ । त्यस्तै, वित्त उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने बाँकी ११ उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले घटेको छ । कारोबार रकमका आधारमा आज सिटिजन लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । सो इन्स्योरेन्सको १४ करोड ७३ लाख ६० हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, एनआईसी एशिया बैंकको ९ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।

Facebook Comments