Sat. May 4th, 2024

नयाँ चीन स्थापनाको ७४ औं वार्षिकोत्स चीनमा भव्य रुपमा मनाईँदै

काठमाण्डू, २०८० असोज १४ गते आईतबार । आज चिनियाँ जनताले विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै नयाँ चीन स्थापनाको ७४ औं वार्षिकोत्सव भव्य रुपमा मनाईँरहेका छन् ।

New China 74 Years 21696168431.jpg

चीनको राजधानी पैचिङस्थित थिआन आन मन चौकमा आज विहान सबेरै चिनियाँ जनमुक्ति सेनाले विशेष समारोहबीच चीनको राष्ट्रिय झण्डा फहराएको थियो । सो समारोहमा उच्चपदस्थ चिनियाँ अधिकारीहरुका साथै हजारौं सर्वसाधारण चिनियाँ नागरिकहरुको सहभागीता रहेको थियो । समारोहमा सरिक भएका सर्वसाधारणहरुले हातमा राष्ट्रिय झण्डा बोकेर मातृभूमिको शान, मान र ख्यातीको कामना गर्दै शुभकामना साटासाट गरेका थिए ।

New China 74 Years 31696168466.jpg

राष्ट्रिय दिवसका उपलक्ष्यमा चीनको राजधानी शहर, प्रदेश सदरमुकाम र जिल्ला सदरमुकाम लगायत मुख्य सडक, चोक, सरकारी कार्यालय, शैक्षिक प्रतिष्ठान लगायत चारैतिर झकिझकाउ पारिएको छ भने सडकभरी पाँचतारे रंगीन राष्ट्रिय झण्डाहरु फहराईएको छ ।

New China 74 Years 51696168533.jpg

सन् १९४९ अक्टोबर १ अर्थात आजकै दिन चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा  सो पार्टीका अध्यक्ष माओ चतोङले सामन्तवादी राज्यसत्ता पल्टाउँदै किसान, मजदूर र श्रमिक वर्गको नेतृत्व रहने गरि नयाँ चीनको स्थापना गर्नुभएको थियो । सोही दिनको सम्झनामा प्रत्येक वर्षको अक्टोबर १ तारिखका दिन चीनमा नयाँ चीन स्थापना दिवस भव्य समारोहको आयोजना गरि मनाउने गरिन्छ । त्यसैगरी विश्वका विभिन्न देशहरुमा रहेका चिनियाँ कुटनीतिक नियोगहरुमा पनि भव्य रुपमा यो दिवस मनाउने गरिन्छ ।

New China 74 Years 101696168685.jpg

सामन्तवादी शासनको कुचक्रमा हजारौं वर्षदेखि थिचिएर रहेका शोषित पिडीत चिनियाँ जनताले आजकै दिन मुक्ति प्राप्त गरेको हुनाले पनि यस दिनलाई चिनियाँ जनता गौरवका साथ अक्टोवर क्रान्ति भनि सम्बोधन गर्दछन् । सन् १९४९ अक्टोवर १ पछि निरन्तर चीनको विकास विश्वका लागि अनुकरणीय रहँदै आएको छ ।

New China 74 Years 71696168575.jpg

सन् १९७९ मा वरिष्ठ नेता तंग स्याओ फिंगको नेतृत्वमा विश्वका लागि खुला हुने र सुधार गर्ने नीति लागु गरेपछि चीनले आश्चर्यलाग्दो विकास मार्फत विश्वलाई आफुतिर आकर्षित गर्न सफल भएको छ ।

New China 74 Years 81696168613.jpg

आज चीन विश्वको दोश्रो ठूलो अर्थतन्त्र बन्न सफल भएकोमा चिनियाँ जनता चिनियाँ कम्युनिष्ट पार्टीको कुशल नेतृत्व हो भनि मान्ने गर्दछन् ।

New China 74 Years 91696168650.jpg

Facebook Comments