Sat. May 18th, 2024

प्रधानमन्त्री प्रचण्ड तिब्बतबाट सछुवान प्रान्तको सदरमुकाम छन्तुमा

- प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण

प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’लाई शुक्रबार चीनको सछुवान प्रान्तका उपगभर्नर याङ सिङफिङ, विदेश मन्त्रालयको सछुवान प्रान्तका निर्देशक चाङ ताओ र विदेश मन्त्रालयको एसियाली मामिलासम्बन्धी विभागका प्रमुखले चीनको छेन्दुमा स्वागत गर्दै । तस्बिरः प्रदीपराज वन्त, रासस

छन्तु, सछुवान, २०८० असोज १२ गते शुक्रबार ।  चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीनको छन्तु आइपुग्नुभएको छ । प्रधानमन्त्री प्रचण्ड तिब्बतको ल्हासाबाट आज बिहानको उडानबाट छन्तु आइपुग्नुभएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’लाई शुक्रबार चीनको सछुवान प्रान्तका उपगभर्नर याङ सिङफिङ, विदेश मन्त्रालयको सछुवान प्रान्तका निर्देशक चाङ ताओ र विदेश मन्त्रालयको एसियाली मामिलासम्बन्धी विभागका प्रमुखले चीनको छेन्दुमा स्वागत गर्दै । तस्बिरः प्रदीपराज वन्त, रासस

हाँलाई छन्तुमा सछुवान प्रान्तका उपगभर्नर याङ सिङफिङ, विदेश मन्त्रालयको सछुवान प्रान्तका निर्देशक चाङ ताओ र विदेश मन्त्रालयको एसियाली मामिलासम्बन्धी विभागका प्रमुखले स्वागत गर्नुभयो । छन्तुमा रहँदा उहाँले पाण्डा प्रजनन केन्द्रको निरीक्षण गर्नुहुने कार्यक्रम छ ।

प्रधानमन्त्री प्रचण्डले आज साँझ चिनियाँ कम्युनिष्ट पार्टीको सछुवान प्रान्तीय कमिटीका सचिव वाङ सियाओसँग भेटवार्ता गर्नुहुने कार्यक्रम छ । आजै साँझ प्रधानमन्त्रीको सम्मानमा सचिव सियाओले रात्रिभोजको पनि आयोजना गर्नु हुनेछ ।

बुधबार चीनको छोङछिङ शहरबाट ल्हासा पुग्नुभएका प्रधानमन्त्री प्रचण्ड बिहीबार कैलाश मानसरोवरको भ्रमण गर्नुभएको थियो । प्रधानमन्त्री प्रचण्डले ल्हासामा रहँदा विभिन्न द्विपक्षीय भेटवार्ता गर्नुभएको थियो । त्यसपछि उहाँले बुधबार नै ल्हासास्थित प्राचीन पोताला दरबार र नेपाली राजकुमारी भृकुटीले निर्माण गर्नुभएको जोखाङ मन्दिरको भ्रमण गर्नुभएको थियो ।

प्रधानमन्त्री प्रचण्ड र उहाँको भ्रमण दलका सदस्यहरू भोलि शनिबार छन्तुबाट काठमाडौँ फर्किनुहुने कार्यक्रम छ । प्रधानमन्त्री प्रचण्ड गएको शनिबारदेखि चीनको औपचारिक भ्रमणमा रहनुभएको छ ।

राससका अनुसार उहाँको भ्रमण दलमा उहाँकी छोरी गङ्गा दाहाल, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, प्रधानमन्त्री दाहालका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेल, राष्ट्रिय सुरक्षा सल्लाहकार शङ्करदास बैरागी, मुख्यसचिव डा. वैकुण्ठ अर्याल, विभिन्न मन्त्रालयका सचिव र अन्य सदस्यहरू हुनुहुन्छ ।

प्रधानमन्त्री प्रचण्डले तिब्बतको सदरमुकाम ल्हासास्थित नेपाली महावाणिज्यदूतावासले आयोजना गरेको एक कार्यक्रममा चीनको यस पटकको भ्रमण आफुले सोचे भन्दा धेरै राम्रो र महत्वपूर्ण भएको बताउनु भएको छ ।

Facebook Comments