Mon. May 13th, 2024

रुसी राष्ट्रपतिलाई भेटेर नेता किम स्वदेश प्रस्थान

मस्को, २०८० भदौ २७ गते बुधबार ।  आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनसँग शिखर वार्ता गरेर उत्तर कोरियाली सर्वोच्च नेता किन जोङ उन स्वदेश प्रस्थान गर्नुभएको छ ।

भ्लादिभोस्तकबाट करिब एक हजार किलोमिटर टाढा रहेको साइबेरियाको अमुर क्षेत्रको रुसी अन्तरिक्ष केन्द्रमाराष्ट्रपति पुटिनसँग शिखर वार्ता गरेर नेता किम आफ्नो अभेद्य रेलमा स्वदेश फर्कनुभएको रुसी समाचार संस्था आरआईए नोवोस्तीले जनाएको छ । उहाँ राष्ट्रपति पुटिनको निमन्त्रणामा रुस भ्रमणमा हुनुहुन्थ्यो ।

वार्ताका क्रममा उत्तर कोरियाली नेताले राष्ट्रपति पुटिनलाई मस्कोका सेनाले आफ्ना शत्रुहरूमाथि ‘महान् विजय’ हासिल गर्ने आश्वासन दिनुभएको रुसी समाचार समितिहरूले जनाएका छन् । उहाँले रुसी सेनाको प्रशंसा गर्दै युक्रेन युद्ध जित्ने विश्वास व्यक्त गर्नुभयो ।

राष्ट्रपति पुटिनले दुई देशबीचको सहयोग र मत्री भविष्यमा अझ सुदृढ हुने विश्वास व्यक्त गर्दै रुस र उत्तर कोरियाको समृद्धिको कामना गर्नुभएको थियो । उत्तर कोरियाबाट हतियार आपूर्ति र रुसबाट जासुसी उपग्रह अन्तरिक्षमा प्रक्षेपण गर्नेप्रविधि हस्तान्तरण साथै खाद्यान्नलगायतका सहयोगबारे वार्तामा छलफल भएको भनिए पनि विस्तृत विवरण प्राप्त भइनसकेको समाचार संस्था एएफपीले जनाएको छ ।

Facebook Comments