Mon. Dec 23rd, 2024

मेयर बालेन पत्नीलाई ट्राफिक प्रहरीले दुर्व्यवहार गरेको काठमाडौं महानगरपालिकाको दाबी

भिओके समाचार/काठमाण्डू, २०८० भदौ १७ गते आईतबार । काठमाण्डूका मेयर बालेन शाहले आफ्नी बिरामी पत्नी सवारीसाधन अनावश्यक रूपमा रोकेर केरकार गरी दुख दिएको दाबी गर्नुभएको छ ।

मेयर शाहकी पत्नी सविना काफ्ले सवार सरकारी नम्बर प्लेटको गाडीलाई ट्राफिक प्रहरीले चेकजाँच गरेको घटनाबारे प्रष्टीकरण दिंदै यो दाबी गरिएको हो ।

आज मेयर शाहको सचिवालयले विज्ञप्ति जारी गर्दै सार्वजनिक विदाको दिन चलाउने अनुमति लिइएको भए पनि शनिबार साँझ ट्राफिक प्रहरीले रोक्दा उक्त परमिट गाडीमा नभएको स्वीकारेको छ । बालेन पत्नी काफ्ले सुत्केरी भएको र एनआइसियूमा रहेको बच्चालाई  स्तनपान गराउन अस्पताल गएको विज्ञप्तिमा उल्लेख छ ।

Facebook Comments