Mon. Dec 23rd, 2024

गौ संरक्षण केन्द्रमा स्थानीय जातका गाई संरक्षण गरिँदै

चितवन, २०८० भदौ १७ गते आईतबार । चितवनको भरतपुर महानगरपालिका वडा नम्वर १ स्थित वागीश्वरी आध्यात्मिक परिषद् योगी नरहरीनाथ आश्रमद्वारा सञ्चालित योगी नरहरिनाथ गौ संरक्षण केन्द्रमा स्थानीय जातका गाई संरक्षण गरिँदै आएको छ ।

उन्नत जातका गाईपालन फस्टाउँदै जाँदा स्थानीय जातका गाई लोप हुने अवस्था आएको भन्दै योगी नरहरिनाथले थाल्नुभएको अभियानलाई उहाँका अनुयायी र स्थानीयहरुले संरक्षणमा निरन्तरता दिएका हुन् । सो आश्रममा दुई सय भन्दा बढि स्थानीय जातका गाई पालिएको छ ।

विक्रम सम्वत २०४९ देखि योगी नरहरिनाथले बागेश्वरीमा स्थानीय जातका गाईको संरक्षण र सम्वद्र्धन गर्दै आउनुभएको थियो । राससका अनुसार उहाँको निधनपछि उहाँका अनुयायी र स्थानीयवासीले गौ संरक्षण केन्द्रका रुपमा यसलाई विकास गर्दै स्थानीय जातका गाईको संरक्षणमा लागेको केन्द्रका अध्यक्ष नवराज ढकालले जानकारी दिनुभयो । बागेश्वरी आध्यात्मिक परिषद् योगी नरहरिनाथ आश्रम परिसरमा गौ संरक्षण केन्द्र स्थापना गरिएको छ ।

Facebook Comments