Sat. May 18th, 2024

दक्षिण अफ्रिकाको सर्वोच्च सम्मान चिनियाँ राष्ट्राध्यक्षलाई

काठमाण्डू, २०८० भदौ ६ गते बुधबार । दक्षिण अफ्रिकाको राजकीय भ्रमणमा रहनुभएका चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङलाई प्रिटोरियास्थित राष्ट्रपतीय भवनमा दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसाले  ‘दक्षिण अफ्रिकी पदकप्रदान गर्नु भएको छ ।

दक्षिण अफ्रिकाकाको राजकीय भ्रमणमा रहनुभएका चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङ दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसा/फोटो : सिन्ह्वा

सो पदक दक्षिण अफ्रिकाले महत्वपूर्ण मैत्री राष्ट्रका नायकहरूलाई दिने सर्वोच्च पदक र सम्मान हो । सम्मान ग्रहण गर्नुअघि सोमबार बिहान दुबै नेताहरुबीच आपसी हितका विभिन्न विषयमा कुराकानी भएको थियो । सो अवसरमा राष्ट्राध्यक्ष सीले दक्षिण अफ्रिकाको भ्रमण चिनियाँ राष्ट्राध्यक्षका हैसियतले आफुले गरेको चौथो पटकको भ्रमण रहेको स्मरण गराउनुभयो । पाँच वर्षपछि आफूले फेरि पनि दक्षिण अफ्रिकाको भ्रमण गर्न पाउँदा निकै खुशी र आनन्द लागेको सीले बताउनुभयो । चीन र दक्षिण अफ्रिकाबीचको राम्रो र गहिरो सम्बन्ध दुबै राष्ट्रका पार्टीहरुले आ–आफ्ना विकासको बाटोमा गहन मित्रता बनाउने आकारमा स्थापना गरेको सी को भनाइ छ । मित्रताको विस्तार गर्दै, सहयोगलाई गहन पार्दै जानु नै दुई राष्ट्रबीचको साझा इच्छा रहेको राष्ट्राध्यक्ष सीले बताउनु भयो ।

दक्षिण अफ्रिकाकाको राजकीय भ्रमणमा रहनुभएका चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङ दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसा/फोटो : सिन्ह्वा

चाईना मिडिया ग्रुपका अनुसार राष्ट्रपति रामाफोसासँग चीन र दक्षिण अफ्रिकाबीचको चौतर्फी रणनीतिक साझेदारी सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन सँयुक्त प्रयास गर्दै जाने कुरामा राष्ट्राध्यक्ष सी चिनफिङले जोड दिनुभयो ।

Facebook Comments