Sat. May 18th, 2024

गायक स्व.जेबी टुहुरेलाई जनगायकको उपाधि प्रदान

जनगायक स्व. जेबी टुहुरे (जुठबहादुर खड्गी)

काठमाण्डू, २०८० भदौ ६ गते बुधबार । सरकारले गायक स्व.जेबी टुहुरे (जुठबहादुर खड्गी) लाई जनगायकको उपाधि प्रदान गरेको छ ।

आज सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले गायक स्व. टुहुरेलाई जनगायकको उपाधि प्रदान गर्ने निर्णय गरेको हो । टुहुरेका डेढ सय ज्यादा जनपक्षीय गीतहरू रेकर्ड भएका छन्। उहाँको नाममा जेबी टुहुरे फाउन्डेसन स्थापना गरिएको छ।

बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै न्युयोर्कमा आयोजना हुने संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा सहभागी हुन भ्रमण स्वीकृत गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताउनु भयो ।

सरकारी प्रवक्तासमेत रहनुभएकी उहाँले सरकारले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ११६ उपदफा १ बमोजिम नेपाल धितोपत्र बोर्डलाई संलग्न धितोपत्र तथा निस्काषन सातौं संशोधन नियमावली, २०८० संशोधन गर्न स्वीकृति प्रदान गर्ने निर्णय भएको बताउनु भयो ।

Facebook Comments