Tue. May 7th, 2024

राष्ट्रपति पौडेलद्वारा नवनियुक्त प्रधानन्यायाधीश श्रेष्ठलाई पद तथा गोपनियताको शपथ

राष्ट्रपति रामचन्द्र पौडेल राष्ट्रपति कार्यालय शीतलनिवासमा मङ्गलबार नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ गराउँदै : प्रदीपराज वन्त, रासस

काठमाण्डौं, २०८० भदौ ५ गते मंगलबार । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई पद तथा गोपनियताको शपथ गराउनुभएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेल मङ्गलबार नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई बधाई तथा शुभकामना दिनुहुँदै । तस्बिरः प्रदीपराज वन्त, रासस

राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले प्रधानन्यायाधीश श्रेष्ठलाई पद तथा गोपनियताको शपथ गराउनुभएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मङ्गलबार नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई बधाई तथा शुभकामना दिँदै । तस्बिरः प्रदीपराज वन्त, रासस

समारोहमा राष्ट्रपतिका साथै उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, संवैधानिक निकायका प्रमुखहरु, सर्वोच्च अदालतका न्यायाधीश, नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुको उपस्थिती थियो ।

राष्ट्रपति कार्यालय शीतलनिवासमा मङ्गलबार नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको पद तथा गोपनीयताको शपथ समारोहमा सहभागी राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत । तस्बिरः प्रदीपराज वन्त, रासस

नेपालको संविधानको धारा १ सय २९ को उपधारा २ बमोजिम संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले सोमबार श्रेष्ठलाई प्रधानन्यायाधीश पदमा नियुक्त गर्नुभएको हो । संसदीय सुनुवाइ समितिले सोमबार नै प्रधानन्यायाधीशमा श्रेष्ठलाई सर्वसम्मत् अनुमोदन गरेको थियो । विक्रम सम्वत २०१६ साल असोज २० गते डोटी जिल्लामा जन्मिनु भएका प्रधानन्यायाधीश श्रेष्ठको कैलालीको धनगढीमा स्थायी बसोबास रहेको छ ।

श्रेष्ठको विक्रम सम्वत २०८१ साल असोज १९ पछि अनिवार्य अवकाश हुनुहुनेछ ।

Facebook Comments