Wed. May 15th, 2024

कोरोनाको कारण मृत्युहुनेहरुको संख्या दश हजार नाघ्यो, इटाली सबैभन्दा नराम्ररी प्रभावित

काठमाडौं, २०७६ चैत ७ गते शुक्रबार

विश्वमा कोभिड-१९ बाट मृत्यु हुनेको संख्या दश हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनको तथ्याङ्क पछ्याउँदै आएको जोन्स हप्कीन्स विश्वविद्यालयले कोभिड-१९ बाट मृत्यु हुनेको संख्या दश हजार नाघेको जनाएको छ ।

विश्वविद्यालयले विश्वभरि दुई लाख ४४ हजार पाँचसय जनामा संक्रमणको पुष्टि भएको जनाएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार कोभिड-१९ बाट इटालीमा सबैभन्दा बढीको मृत्यु भएको छ । यसअघि कोभिड-१९ को संक्रमणले सबैभन्दा बढी चीनमा मृत्यु भएको थियो । इटालीमा बिहिबारसम्म तीन हजार चारसय पाँचजनाको मृत्यु भएको छ । बिहिबार १५७ जनाको मृत्यु भएको हो । चीनमा कोभिड-१९ बाट मृतक हुनेको संख्या तीन हजार दुई सय ४८ रेकर्ड गरिएको छ ।

क्यालिफोर्नियामा ‘लक डाउन’
अमेरिकाको क्यालिफोर्नियाका करिब चार करोड सर्वसाधारणलाई घरभित्रै बस्न आग्रह गरिएको छ । क्यालिफोर्निया अमेरिकाको सबैभन्दा बढी जनसंख्या भएको राज्य हो । क्यालिफोर्नियाका गर्भनरले करिब दुई करोड ५० लाख सर्वसाधारणमा कोभिड-१९ को संक्रमण पुग्ने चेताबनी दिनुभएको छ । गोरखापत्र अनलाईनबाट

Facebook Comments