Mon. May 20th, 2024

कोरोनाकै त्रासका कारण चैत २१ गतेसम्म अदालत बन्द रहने

काठमाडौं, २०७६ चैत ७ गते शुक्रबार

कोरोना भाइरस संक्रमणको जोखिमलाई ध्यानमा राखी देशभरका अदालतहरु आइतबारदेखि दई साताका लागि बन्द हुने भएका छन् । यही चैत २१ गतेसम्म सम्पूर्ण अदालत बन्द गर्ने निर्णय गरेको छ ।

सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको अध्यक्षतामा आज बसेको पूूर्ण बैठकले आगामी चैत २१ गतेसम्म सम्पूर्ण अदालत बन्द गर्ने निर्णय गरेको अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिनुभयो ।

अदालतमा बन्दी प्रत्यक्षीकरण र सार्वजनिक सरोकारका विषयहरुको मुद्दामा भने अदालत खुला रहने छ ।

Facebook Comments