Sun. Jul 19th, 2026

निर्भया बलात्कार-हत्याकाण्डका ४ आरोपीलाई आज बिहानै फाँसी दिईयो

       

काठमाडौं, २०७६ चैत ७ गते शुक्रबार

भारतमा निर्भया बलात्कार-हत्याकाण्डका ४ आरोपीलाई आज बिहानै फाँसी दिईएको छ ।

सन् २०१२ डिसेम्बर १६ तारिख राती दिल्लीको एक बसमा यात्रा गरिरहेकी निर्भया(नाम परिवर्तन)को सामूहिक बलात्कारपछि हत्या आरोप लागेका चारै जनालाई दिल्लीको तिहाड जेल मा शुक्रबार विहान ५ः३० बजे फाँसी दिईएको हो । तिहाड जेलका निर्देशक संदीप गोयलले फाँसी दिईएपछि चारै जनाको जाँच गरी उनीहरुलाई मृत घोषित गरेको विविसीले जनाएको छ ।

फाँसीको मिति तोकिएपछि निर्भयाका आमा,बुबा अदालत परिसर बाहिर

भारतीय समाचार एजेन्सी भास्करका अनुसार मृत्युदण्ड दिनुअघि पवन, मुकेश, विनय र अक्षयलाई नास्ता दिइएको थियो तर उनीहरुले खान अस्विकार गरे । विनय रुन थालेका थिए । त्यसपछि उनीहरुलाई तिहाड जेल नम्बर तीनमा बनेको ‘फाँसी घर’ मा पुर्‍याइएको थियो । जहाँ पवन जल्लादले उनीहरुलाई झुण्ड्याएका थिए । ४० मिनेटपछि उनीहरुलाई मृत घोषित गरिएको हो ।

मृत्युदण्ड पश्चात निर्भयाकी आमा आशादेवीले यसलाई न्यायको जीत भएको र आफ्नो धर्म पूरा भएको बताउनु भएको छ । साथै आशादेवीले न्यायपालिका, मिडिया, राष्ट्रपति लगायत सबैलाई धन्यवाद ज्ञापन गर्दै छोरीको न्यायको लागि आफुहरुले गरेको सात वर्षको लडाई टुंगोमा पुगेको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नु भयो मेरी छोरी त फर्केर आउदिनन् तर हामी भारतीय महिलाहरुको सुरक्षाको लागि यस लडाईलाई निरन्तरता दिन्छौं ।

Facebook Comments

सम्बन्धित समाचार