Tue. Apr 1st, 2025 11:23:42

कोरोना संक्रमण त्रास : प्रतिनिधिसभाको बैठक चैत १३ गतेसम्मका लागि स्थगित

काठमाडौं, २०७६ चैत ६ गते बिहीबार

संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक चैत १३ गतेसम्मका लागि स्थगित भएको छ।

शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक सरकारले अघि सारेको कोरोना संक्रमण नियन्त्रण अभियान सफल बनाउन भन्दै स्थगित गरिएको हो।

बिहीबार बसेको कार्यव्यवस्था परामर्श समिति बैठकले चैत १३ गतेसम्मका लागि प्रतिनिधिसभाको बैठक स्थगित गर्ने निर्णय गरेको हो।

बिहीबार बसेको राष्ट्रियसभा बैठक भने शुक्रबार दिउँसो १ बजेका लागिसमेत बोलाइएको छ। कोरोना संक्रमण त्रासपछि सरकारले सर्वसाधारणलाई २५ जनामन्दा बढी भेला नहुन आग्रह गरिसकेको छ।
सरकारले बुधबार विद्यालय र विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो। अन्नपूर्ण पोष्ट अनलाईनबाट

Facebook Comments