Sun. May 19th, 2024

वरिष्ठ सञ्चारकर्मी कृष्णा ताम्राकारको निधन

काठमाण्डू, २०७९ चैत १० गते शुक्रबार । वरिष्ठ सञ्चारकर्मी कृष्णा ताम्राकारको ८६ वर्षको उमेरमा निधन भएको छ ।

रेडियो नेपालकी पूर्वसमाचार सम्पादक तथा समाचार वाचिका ताम्राकारको बासबारीस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा गए राति निधन भएको उहाँकी छोरी सञ्चारकर्मी गृष्मा राजभण्डारीले जानकारी दिनुभयो ।

वि.सं. २०१८ मा रेडियो नेपाल प्रवेश गर्नुभएकी ताम्राकारले २०४९ सालसम्म रेडियो नेपालमा समाचार वाचनका साथै नासो, हाम्रो देशको माटो, हाम्रो वन हाम्रो जीवनलगायत कार्यक्रम सञ्चालन गर्नुभएको थियो । पछिल्लो समय ताम्राकार पर्यटन क्षेत्रमा पनि सक्रिय हुनुहुन्थ्यो ।

ताम्राकार चराचुरुङ्गी संरक्षण र आँखा दान प्रोत्साहन अभियान सञ्चालन गरेर समाजसेवामा पनि समर्पित हुनुहुन्थ्यो । स्व. ताम्राकारको केहीबेरपछि पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ । रासस

Facebook Comments