Mon. May 6th, 2024

चिनियाँ राष्ट्रिय जन काँग्रेसको १४ औँ समितिको पहिलो अधिवेशनको तेस्रो पूर्ण बैठक यही मार्च १० तारिख हुने

काठमाण्डू, २०७९ फागुन २४ गते बुधबार । चीनको सर्वोच्च विधायिकी अंग चिनियाँ राष्ट्रिय जन काँग्रेसको १४ औँ समितिको पहिलो अधिवेशनको तेस्रो पूर्ण बैठक यही मार्च १० तारिख बिहान ९ बजे चीनको राजधानी पैचिङस्थित जन बृहत्सभा भवनमा आयोजना हुने भएको छ ।

मार्च ५ तारिखदेखि सञ्चालन भएको जनकंग्रेसको जारी अधिवेशनमा सहभागी ३ हजार जना प्रतिनिधीहरुले चीनको आगामी कार्यदिशा र रणनीति तय गर्ने कार्यतालिका रहेको छ । चीनका वर्तमान राष्ट्राध्यक्ष सी चिनफिङको तेस्रो कार्यकाललाई अनुमोदनसमेत गरिने भएकोले पनि यो अधिवेशनलाई विश्वव्यापी चासोको रुपमा हेरिएको छ ।

राष्ट्राध्यक्ष सी चिनफिङ प्रत्यक्ष रुपमा अधिवेशनमा उपस्थित भएर देशका विभिन्न क्षेत्रबाट आएका जनकंग्रेसका प्रतिनिधिहरुसँँग व्यापक छलफल गरिरहनु भएको छ भने मुलुकको दिगो आर्थिक विकास र गरिवी निवारणमा अधिवेशन केन्द्रित रहेको छ । प्राप्त जानकारी अनुसार चाइना मिडिया ग्रुपले १० तारिख आयोजना हुने बैठकको प्रत्यक्ष प्रसारण गर्ने तयारी गरेको छ ।

Facebook Comments