Tue. Dec 24th, 2024

प्रधानमन्त्री प्रचण्ड बिरुद्ध रिट निवेदन

काठमाण्डू, २०७९ फागुन २३ गते मंगलबार । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

२०७६ साल माघ १ गते काठमाण्डूको टुँडिखेलमा माघी पर्वको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सशस्त्र युद्धमा मारिएका १७ हजारमध्ये ५ हजार जनाको मात्र आफूले जिम्मा लिने अभिव्यक्ति दिनुभएको थियो । सोही अभिव्यक्तिलाई लिएर द्वन्द्वकालीन घटनामा पीडित भएकाहरु कल्याण बुढाथोकी, विनोद सापकोटा, कमला राई तिमल्सेना, हुमराज दवाडीलगायतले सर्वोच्च अदालतमा रिट दर्ता गर्नुभएको हो । बुढाथोकीले आफुहरु २६ जना भएर दुई वटा मुद्दा दर्ता गरेको बताउनु भयो । उहाँले द्वन्द्वकालमा कानून विपरीतका जघन्य अपराधका विषयमा रिट दर्ता गरेको जानकारी दिनुभयो ।

अर्का रिट निवेदक शिवकुमार बुढाथोकीले द्वन्द्व पीडितमध्ये सम्पतीको क्षति व्यहोरेका ८ जना र माओवादीको कारबाहीमा परी मरेका परिवारका १७ जना सदस्यले मुद्दा दर्ता गरेको बताउनु भयो ।

प्रधनमन्त्री प्रचण्डविरुद्धको रिटको पेशी सर्वोच्च अदालतले बिहीवार १० बजेका लागि तोकेको छ ।

Facebook Comments