Thu. Dec 26th, 2024

एमालेका मन्त्रीहरुले बुझाए राजीनामा   

- अस्थिता डोर्याउने राजनीति

काठमाण्डू, २०७९ फागुन १५ गते सोमबार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा वर्तमान सरकारमा नेकपा (एमाले)का तर्फबाट सहभागी मन्त्रीहरुले आज राजिनामा दिनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर नेकपा एमालेका उपाध्यक्ष एवम् उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसहितका मन्त्रीहरुले प्रधानमन्त्री समक्ष राजीनामा पत्र बुझाउनुभएको हो ।

नेकपा एमालेका तर्फबाट उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, कृषि तथा पशुपक्षी मन्त्री ज्वालाकुमारी साह, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री राजेन्द्र राई, परराष्ट्रमन्त्री डा. बिमला राई पौड्याल, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पद्म गरी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी र रक्षामन्त्री हरिप्रसाद उप्रेती सहभागी हुनुहुन्थ्यो । यसअघि उक्त पार्टीको सचिवालयको आजको बैठकले वर्तमान सरकारबाट बाहिरिने निर्णय गरेको थियो ।

पद लोलुपता, दलहरुको जनताप्रतिको चरम बेवास्तता र जसरी पनि सत्तामा टिकिरहने स्थार्थी प्रवृत्तिले मुलुकको राजनीति अझ अस्थिर हुने सम्भावना बढेर गएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच गएको पुस १० गते भएको सहमती बमोजिम राष्टपति आफ्नो पार्टीले पाउनेमा एमाले ढुक्क थियो तर प्रधानमन्त्री प्रचण्डले ५ वर्ष नै सरकारमा बसिरहने नियतले नेपाली काँग्रेसको सहयोगमा कुसीृमा बसिरहने र राष्टपति कांग्रेसलाई दिने रणनीति अघि सारेपछि एमाले सरकारबाट बाहिरिएको एमालेका एक नेताले बताएका छन् । एकजना राजनीतिक विज्ञले दुई महिनामै सरकारबाट बाहिरिने एमालेको निर्णयले मुलुक पुनः अस्थिरतातिर धकेलिएको बुझ्न गाहो छैन ।

Facebook Comments