Sat. May 18th, 2024

टर्कीमा फेरी भूकम्प गयो, मानिसहरु भग्नावशेषमुनि फसेको आशंका

काठमाण्डू, २०७९ फागुन ९ गते मंगलबार । टर्कीमा फेरी आएका दुईवटा नयाँ भूकम्पमा परी कम्तीमा तीन जनाको ज्यान गएपछि उद्धारकर्ताहरूले फेरि एकपटक भग्नावशेषमा फसेका मानिसहरूको खोजी गरिरहेका छन्।

६.४ र ५.८ म्याग्निच्युडको भूकम्प सिरियासँगको सीमा नजिकैको दक्षिण-पूर्वमा गएको थियो, जहाँ ६ फेब्रुअरीमा ठूलो भूकम्पले दुवै देशलाई ध्वस्त बनाएको थियो।

यसअघिका भूकम्पले टर्की र सिरियामा ४४ हजार मानिसको ज्यान लिएको थियो भने हजारौं घरबारविहीन भएका थिए।

ती भूकम्पका कारण कमजोर भएका भवनहरू सोमबार दुवै देशमा ध्वस्त भएका छन्।

टर्कीको प्रकोप तथा आपतकालिन एजेन्सीले स्थानीय समय अनुसार 20:04 (17:04 GMT) मा ६.४ को भूकम्प गएको र त्यसको तीन मिनेटपछि ५.८ को भूकम्प आएको बताएको छ।

तीन जनाको मृत्यु अन्टाक्या, डेफने र समन्दगमा भएको गृहमन्त्री सुलेमान सोयलुले मानिसहरूलाई सम्भावित खतरनाक भवनहरूमा नपर्न आग्रह गरेको बताउनु भयो । बीबीसी

Facebook Comments