Sat. May 18th, 2024

अमेरिकी उपसहायक विदेशमन्त्री अख्तर नेपालमा

काठमाण्डू, २०७९ फागुन १ गते सोमबार । संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसियाली मामिला ब्यूरो हेर्ने उपसहायक विदेशमन्त्री अफ्रिन अख्तर आज नेपाल भ्रमणमा आउनुभएको छ । भ्रमणका क्रममा उहाँले अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) तथा ऊर्जा नेपालका साझेदारसँग छलफल गर्नुहुने यहाँस्थित अमेरिकी दूतावासले जनाएको छ । साथै उहाँले नेपाली सेना र सरकारी अधिकारीसँग भेटघाट गर्नुहुने बताइएको छ ।

यसैगरी उपसहायक विदेशमन्त्री अख्तरले जलवायु परिवर्तन, स्वच्छ ऊर्जा, मानवीय सहायता तथा विपद् प्रतिकार्यका विषयमा र लोकतन्त्र, मानवाधिकार तथा पारस्परिक आर्थिक समृद्धिलाई अगाडि बढाउने सम्बन्धमा पनि छलफल गर्नुहुनेछ । रासस

Facebook Comments