Thu. Dec 26th, 2024

तातोपानी कुण्डमा स्नान गर्नेको घुइचो

म्याग्दी, २०७९ माघ २८ गते शनिबार । म्याग्दीको बेनी नगरपालीका-४ मा रहेको प्राकृतिक तातो पानीको कुण्डमा स्नान गर्नेहरुको घुइँचो लागेको छ ।

प्राकृतिक उपचार स्थलको रुपमा परिचित तातो पानीमा स्नानका लागि देशका विभिन्न क्षेत्र र बिदेशबाट पनि मानिसहरु आउने गर्छन् । साउन महिना यता मात्रै ८हजार ८ सय ५० जनाले स्नान गरेका सिंगा तातो पानी कुण्ड व्यवस्थापन समितिले जनाएको छ । म्याग्दी नदीको किनारमा जमिन भित्रबाट बिरेनुनको गन्धमा निस्कने ५० डिग्री सेल्सीयस तातोपानी संकलन गरीएको तलाउमा एक पटकमा ३ सय ५० देखि ४०० जनाले स्नान गर्न सक्ने क्षमता छ ।

बिरेनुनको गन्धनआउने पानी संकलन गरिएको पोखरीमा स्नान गरेर छाला, ग्यास्ट्रिक, वाथ, चोटपटक लागेको स्वास्थ्य समस्या निको भएको बिरामीहरुको भनाई छ । तातोपानी कुण्डमा पुरुष र महिलाहरुका लागि फरक फरक समय तालिका बनाइएको छ ।

सातदिन स्नानका लागि प्रति व्यक्ति रु. ३५० शूल्क तोकिएको छ । प्रवेश शूल्क र चन्दा सहयोग वापत उठ्ने रकम मध्ये २५ प्रतिशत बेनी नगरपालिका र १३ प्रतिशतआन्तरिक राजस्व कार्यालयमाबुझाउने गरिएको छ ।

बचत भएको बााँकी रकम कुण्डका कर्मचारीको तलब, सञ्चालन, पुर्बाधार निर्माण, बिद्यालयलाई अनुदान र सामाजिक क्षेत्रमाखर्च गरिदै आएको छ । बिगत १३ बर्षदेखि सरस्वती मा.वि.का १६ जनामध्ये चार जना निजी शिक्षकको तलबका लागि तातोपानी कुण्डले मासिक रु. एक लाखका दरले सहयोग गर्दै आएको छ । रासस

Facebook Comments