Sun. Apr 28th, 2024

चितवनमा कृषिसम्बन्धी अन्तर्राष्ट्रिय प्रदर्शनी सुरु

चितवन, २०७९ माघ २८ गते शनिबार । चितवनमा कृषिसम्बन्धी बृहत् अन्तर्राष्ट्रिय प्रदर्शनी आजदेखि सुरु भएको छ ।

मिडिया स्पेस सोलुसन्स प्रा.लि र फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्टस् प्रा.लिको आयोजनामा पाँचौँ नेपाल एग्रिटेक अन्तर्राष्ट्रिय प्रर्दशनी आयोजना गरिएको हो । प्रर्दशनी २९ गतेसम्म चितवन प्रदर्शनी केन्द्र, भरतपुरमा सञ्चालन हुनेछ । आज एक कार्यक्रमकावीच कृषिमन्त्री ज्वालाकुमारी साहाले प्रदर्शनीको उद्घाटन गर्नुभयो । प्रदर्शनीमा स्वदेशी तथा विदेशी कृषि सम्बन्धी कम्पनीहरुका १५० भन्दा बढी स्टलहरु रहनेछन् ।

उक्त प्रर्दशनीमा कृषिका विभिन्न विधाहरु कुखुरापालन, माछापालन, बाख्रापालन, गाई भैंसी पालन, डेरी लगायत कृषिका नविनतम औजार, उपकरण, केराखेती, थोपा सिचाई, बिषादी रहित कृषि इत्यादीका बारेमा जानकारी प्राप्त गर्न सकिनेछ । उक्त प्रर्दशनीमा देशभरीबाट बढीभन्दा बढी कृषि उद्यमी अनुसन्धानकर्ता, विद्यार्थी, संघ संस्थाका प्रतिनिधि लगायत आम कृषकहरुले आधुनिक प्रविधिहरुको अनुसरण गर्ने र जिज्ञासा मेटाउने अवसर मिल्ने आयोजकको विश्वास छ । रासस

Facebook Comments